×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भूमिहीनका बस्तीमै पुगेर मन्त्री प्रतिभा रावलको प्रतिबद्धता: झापामा लालपुर्जा वितरण प्रक्रिया तीव्र पारिने

भूमिहीनका बस्तीमै पुगेर मन्त्री प्रतिभा रावलको प्रतिबद्धता: झापामा लालपुर्जा वितरण प्रक्रिया तीव्र पारिने

काठमाडौँ - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छिन् । 

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा तथा अपेक्षाहरू सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराइन् ।

भूमिहीन नागरिकका लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले झापा भ्रमणका क्रममा नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताइन् । 

यससगैँ मन्त्री रावलको झापा भ्रमण सम्पन्न भएको छ ।
#LandRights #PratibhaRawal #Jhapa

प्रतिकृया दिनुहोस्