×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा गए राति पौने १० बजे काठमाडौँको फ्रन्टलाइन अस्पतालमा निधन भएको छ। विसं २०५६ मा काभ्रेबाट निर्वाचित पूर्वन्यायाधीश एवं सांसद खरेलले शिक्षा राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका निकट सहयोगी थिए।

पाँचखालका नगरप्रमुख एवं उनका छोरा महेश खरेलका अनुसार स्वर्गीय खरेलको पार्थिव शरीरलाई बिहान ९ देखि ११ बजेसम्म सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ र दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

प्रतिकृया दिनुहोस्