काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका लागि आफू पूर्ण रूपमा गम्भीर रहेको बताएका छन्। काठमाडौँको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले उचित खान र बस्न नपाएको भन्दै गुनासो गरिरहेका बेला सभापति लामिछानेले यस विषयलाई आफूले गम्भीरताका साथ लिएको स्पष्ट पारेका हुन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले होल्डिङ सेन्टरको अवस्थाबारे आफू जानकार रहेको र कोही पनि नागरिक भोको बस्नु नपर्ने गरी उचित गाँस र बासको व्यवस्थापनका लागि आफ्नो तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।