×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

'योग्यता र अनुभवलाई बेवास्ता गरेर नेपो बेबी भन्न मिल्दैन': भारतका लागि प्रस्तावित राजदूत

'योग्यता र अनुभवलाई बेवास्ता गरेर नेपो बेबी भन्न मिल्दैन': भारतका लागि प्रस्तावित राजदूत

काठमाडौँ - भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेले आफ्नो योग्यता, अनुभव र शैक्षिक पृष्ठभूमिलाई नजरअंदाज गरेर आफूलाई ‘नेपो बेबी’ (वंशजको आधारमा अवसर पाउने व्यक्ति) भन्न नमिल्ने स्पष्ट पार्नुभएको छ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले पाण्डेका बुबा रमेशनाथ पाण्डे पाँचपटक मन्त्री भइसकेको पृष्ठभूमि उठाउँदै 'नेपो बेबी' को विषयमा प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै प्रस्तावित राजदूत पाण्डेले सांसदहरूप्रति प्रतिप्रश्न गर्नुभयो, "कुनै व्यक्तिको आफ्नो योग्यता छैन, पढ्दैन, मिहिनेत गर्दैन र बाउबाजेको मात्र खाएर बस्छ भने त्यसलाई नेपो बेबी भनिएको हो, तर पीएचडी गरेको, काम गरेको र अनुभव बटुलेको व्यक्तिलाई कसरी नेपो बेबी भन्ने?"

उहाँले यदि बुबा मन्त्री वा प्रधानमन्त्री भएकै भरमा सन्तानलाई नेपो बेबी भनिने हो भने भारतका जवाहरलाल नेहरू, इन्दिरा गान्धी, अमेरिकाका जर्ज बुस र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई पनि सोही उपमा दिनुपर्ने तर्क अगाडि सार्नुभयो।

प्रतिकृया दिनुहोस्