×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बूढीगण्डकीको उच्च जोखिम: आसपासका तटीय बासिन्दालाई सतर्क रहन आग्रह

बूढीगण्डकीको उच्च जोखिम: आसपासका तटीय बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ - बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा बाढीको सतह खतरा तहभन्दा माथि रहेको र पानीको बहाव बढ्ने–घट्ने क्रम जारी रहेकाले चितवन र नवलपरासी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाद्वारा जारी सूचना अनुसार त्रिशूली नदीको बेनिघाट क्षेत्रसम्म अति उच्च जोखिम रहेकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान भनिएको छ भने मुग्लिनसम्म उच्च जोखिम देखिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। यसका साथै, चितवन र नवलपरासीका नदी किनारका क्षेत्रमा पनि मध्यम जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन चेतावनी दिइएको छ।

प्रतिकृया दिनुहोस्