×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सीको कीर्तिमानी ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

मेस्सीको कीर्तिमानी ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमै जादुमयी प्रदर्शन गर्दै लियोनल मेसीले विश्वकप इतिहासकै आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका छन्। कान्सास सिटीमा भएको खेलमा ३८ वर्षीय मेसीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियामाथि ३-० को सहज जित निकाल्दै उपाधि रक्षा अभियानको शानदार सुरुआत गरेको हो।

विश्वकपमा कीर्तिमानी छैटौँ सहभागिता जनाएका मेसीले खेलको पहिलो हाफ, ६०औँ र ७६औँ मिनेटमा उत्कृष्ट गोल गर्दै इतिहास रचे। यो जितसँगै मेसी विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमानसँग बराबरीमा पुगेका छन् भने अर्जेन्टिनाले यसपटक कुनै अप्रत्याशित नतिजा भोग्नु परेन।

 

 

प्रतिकृया दिनुहोस्