पेट्रोल आयात एक वर्षभित्र पाइपलाइनबाटै ल्याउने
माघ १३, २०७९काठमाडौं- सरकारले एक वर्षभित्र पेट्रोल पनि मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइनबाटै ल्याउने भएको छ। हाल पाइपलाइनबाट डिजलमात्र आयात हुँदै आएको छ। अब पेट्रोल पनि ल्याइने गरी निर्माण कार्य सुरु भइसकेको छ। यो दक्षिण एसियाको एकमात्र अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो। भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमले यो पाइपलाइन निर्माण गरेका हुन्।
सबै पढ्नुहोस