तनहुँमा स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड
बैशाख ८, २०८०काठमाडौं - तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ । तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सबै पढ्नुहोस