×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रामचन्द्र पौडेलले मागे माफी

रामचन्द्र पौडेलले मागे माफी

काठमाडौँ- नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीबासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत माफी माग्दै पौडेलले लेखेका छन्, ‘गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपूरक हुन् र एक अर्काले धेरै पहिलेदेखि सहयोग आदानप्रदान गर्दै आएका छन् । मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रहसमेत गर्दछु ।’

प्रतिकृया दिनुहोस्