×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली नर्सलाई बेलायतमा रोजगारी, पारिश्रमिक कति ?

नेपाली नर्सलाई बेलायतमा रोजगारी, पारिश्रमिक कति ?

काठमाडाैँ- सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरि समन्वय गरिरहेको जानकारी दिएको हाे ।

शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए ।

मासिक साढे दुई लाख तलब
बेलायतमा रोजगारीका लागि जाने नर्सको मासिक पारिश्रमिक २ लाख ५० हजार रूपैयाँ हुने मन्त्रालयले जनाएको छ । रोजगारीमा बेलायत पठाउँदा रोजगारीको ग्यारेन्टी, पारिवारिक सुविधा, स्वास्थ्यसँगै रोजगार र बिमा, आवतजावत खर्च, तलब प्रष्ट खुलाएर, उनीहरूको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले बेहोर्ने गरी सम्झौता हुने सचिव गौतमले बताए ।

दुबै देशबीच श्रम सम्झौता गरी सन् २०२२ को अन्त्यसम्म नर्स पठाउने वातावरण मिलाउने मन्त्रालयले जनाएको छ । बेलायत जाने नर्सले तालिम तथा अस्पतालमा काम गरेको अनुभव हुनु पर्नेछ । बेलायतमा सक्षम र अनुभवी लाई पहिलो प्राथमिकता दिइने छ ।

 
 

प्रतिकृया दिनुहोस्