×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शेरबहादुर देउवा चुक्दा सागर ढकाल खुसी

शेरबहादुर देउवा चुक्दा सागर ढकाल खुसी

काठमाडौँ- मंसिर ४ गतेको निर्वाचनमा डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल आज असाध्यै खुसी छन् । निर्वाचनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग हारेर पनि जनताको मन जितेका सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत रमाइलो शैलीमा शुभकामना दिएका छन् । 

पूर्व प्रधानमन्त्री देउवालाई ‘शेरबहादुर राणा’ भन्दै उनले लेखेका छन्- ‘शेरबहादुर राणाको शासनबाट उन्मुक्ति पाएका हामी तीन । शेरबहादुरले ज्योतिषलाई  विश्वास गरे, ज्योतिषले भगवानलाई। अत्याचार पाप गरेपछि भगवान् पनि रिसाए ।’

‘सागरले जिते सांसद मात्र हुने हो, मैले जिते प्रधानमन्त्री’ यो मिलेन, ढकालले देउवातर्फ इंगित गर्दै भनेका छन्- ‘तपाईँले जीवनभर गरेका केही राम्रा कामका लागि धन्यवाद ।’ ‘हाम्रा धेरै साथीहरूको योगदानले आज मेरा साथीहरू मन्त्री बनेर काम गर्दैछन्, ढकालले लेखेका छन्- ‘तपाईँ हार्नु भयो हजुरबुबा, संन्यास लिनुस् । जाडो छ, घाम ताप्नुस् बस्नुस् ।’

‘आज मन्त्री, अबको ५ वर्षमा युवाबाट नयाँ प्रधानमन्त्री, ढकालले रवि लामिछानेलाई बधाई दिँदै लेखेका छन्- ‘सबै नेपाली तयार बस्नु होला । अब देश बनाएरै छाड्ने हो । बधाई तथा शुभकामना रास्वपालाई ।’

 

प्रतिकृया दिनुहोस्