कञ्चनपुर - बैतडी जिल्लाकाे हिरापुर भन्ने ठाउँमा जन्ती लिएर गएकाे जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा रहेकाे घट्टेघाट खोलामा दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि हिँडेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बाेलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जना सवार रहेको उक्त जिपमा ११ जना घाइते रहेको बताइएको छ। अहिले उद्धार भइरहेको छ। थप विवरण आउन बांकि छ।