×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एआईजी बढुवा सिफारिस गर्ने बढुवा समितिको निर्णय सदर

एआईजी बढुवा सिफारिस गर्ने बढुवा समितिको निर्णय सदर

काठमाडौं - नेपाल प्रहरीमा तिन जना प्रहरी नायव महानिरीक्षक(डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय लोकसेवा आयोगले सदर गरेको छ । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिको सचिवालयले निर्णय सदर गरेको जानकारी बढुवा समितिलाई दिएको छ ।


चैत १ मा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिलेबसन्त पन्त,धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै प्रतिस्पर्धी डिआइजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए ।


लोकसेवाका अध्यक्ष माधव रेग्मी, मुख्य सचिव शंकर बैरागी र कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा सम्मिलित उजुरी सुन्ने सचिवालयले बढुवा समितिको निर्णयमा उजुरकर्ताको दावी बमोजिम ‘त्रुटी नदेखिएको’ निष्कर्ष निकालेका छन् ।

प्रतिकृया दिनुहोस्