×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेबाट बिद्रोह गरेका सन्तोष बने डिलाशैनीको अध्यक्ष, उपाध्यक्षमा गठबन्धन

एमालेबाट बिद्रोह गरेका सन्तोष बने डिलाशैनीको अध्यक्ष, उपाध्यक्षमा गठबन्धन

बैतडी - बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएकाछन् । जोशीले सत्तागठबन्धनका उम्मेदवार लोकेन्द्र रानालाई ५२१ मतले पछि पार्दै जित हासिल गरेका हुन्। गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार भगीरथ बोहरा विजयी भएका छन् । 

अध्यक्षमा जोशीले ३ हजार १ सय ८९ मत ल्याई विजयी हुदाँ माओवादी केन्द्रका रानाले २ हजार ६४१ मात्रै ल्याएका छन् । 
उपाध्यक्षमा बोहराले ३ हजार ८७३ मत ल्याउदा एमाले उम्मेदवार लिलावती जोशीले २हजार ७७९ मत ल्याएका छन् 

यस्तै वडा न. ७ मा समेत स्वतन्त्र उम्मेदवार प्रकाशमणी भट्ट प्यानल सहित विजयी भएकाछन् । योसंगै वडा न. ४,५र ७ मा स्वतन्त्र उम्मेदवारहरु प्यानल सहित विजयी भएकाछन् । वडा न.४ मा स्वतन्त्र उम्मेदवार हरी पन्त, वडा न. ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भइसकेका थिए । 

डिलाशैनीको वडा न.१ र ६ मा काग्रेस, २ र ३ मा एमालेले जित हात पारेकाछन् । 

नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम अध्यक्षको जिममेवारीबाट गत बैशाख १२ गते पार्टी केन्द्रिय कार्यालयमा राजिनामापत्र बुझाइ स्वतन्त्र उममेदवारी दर्ता गरेका जोशीले बैशाख १७ गते निर्वाचन आयोगबाट पुतली चुनाव चिन्ह पाएका थिए । उनले सत्ता गठबन्धनका उम्मेदवार र यसअघि २०७४मा निर्वाचित एमालेलाई पराजित गर्दै विजय हात पारेका हुन् ।  

प्रतिकृया दिनुहोस्