×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. पौडेललाई पितृ शोक

एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. पौडेललाई पितृ शोक

एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डाक्टर केशव पौडेललाई पितृ शोक परेको छ। डाक्टर पौडेलका पिता बाल चन्द्र पौडेलको ८२ बर्षको उमेरमा शुक्रबार राती काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

घरमा खाना खाएर सुत्ने बेलामा अफ्ठेरो भयो भनेर भन्दै गर्दा अचेत हुनुभएका बालचन्द्र पौडेललाई उपचारका लागी अस्पताल लगिएको र अस्पतालमा पुर्याउने बित्तिकै उहाँको निधन भएको बुझिएको छ।

पौडेल बनस्थली बोहोराटारमा आफ्नै छोरा गोविन्द पौडेलसंग बस्दै आउनु भएको थियो।

पिताको निधन भएको खबर पाएको केहि घण्टा मै डाक्टर केशव पौडेल अमेरिकाबाट नेपालका लागि प्रस्थान गरिसक्नु भएको पारिवारिक सदस्य तथा एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर प्रभात सापकोटाले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो। डाक्टर पौडेल नेपाल पुग्ने बित्तिकै नेपालको कार्तिक ७ गते आईतबार विहान स्वर्गीय बाल चन्द्र पौडेलको पशुपति अार्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

स्वर्गीय पौडेल कलेस्ती, गजाैंडे माहेन्द्र माध्यमिक बिद्यालयमा लामाे समय सेवा गरि सेवानिबृत्त र अमरसिंह माध्यमिक बिद्यालय (ईन्द-बदन मि स्कुल) मा प्रधानाध्यापक रहि सक्नु भएको थियो।

"स्व. बालचन्द्र पाैडेल अत्यन्त मिलनसार समाजसेवी ब्यक्तित्व हुनुहुन्थ्याे। नेपाली कांग्रेस भुमिगत रहंदाका संकटका दिनहरुमा समेत उहांले दिनु भएकाे याेगदान अबिस्मरणीय रहेकाेछ। कलेस्ती उपत्यकाकाे बिकासमा उहाको याेगदान स्मरण गर्दै कलेस्ती उपत्यका बिकास समाजले समवेदना समेत ब्यक्त गरेको छ।" नेपाली कांग्रेसका नेता राम चन्द्र पोख्रेलले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको छ।

स्वर्गीय पौडेलले लामो समय शिक्षा सेवामा बिताएका कारण तनहुँमा उहाँलाई धेरैले शिक्षासेवीका रुपमा चिन्दछन र सम्मान गर्दछन।

स्वर्गीय पौडेलका दुई छाेरा र ४ छोरीहरु छन्। छोराहरुमा डा. केशव पाैडेल र गोबिन्द पाैडेल र छाेरीहरुमा इन्द्रा, निशा, रन्धता र रमा रहेका छन्।

पौडेलको निधनबाट अत्यन्त दुखि भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गरेका छन्। साथै संसारभरका एनआरएनए अभियन्ताहरुले पनि स्वर्गीय पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गरेका छन्।

नेप्लिज डायस्पोराका एक शुभचिन्तक, एनआरएनएका एक अनवरत योद्धा डाक्टर केशव पौडेलका पिताको निधनको खबरबाट नेप्लिज डायस्पोरा परिवार पनि स्तब्ध छ। दु:खको यस घडीमा केशव पौडेल लगायत उहाँको परिवारमा हामी हार्दिक समवेदना ब्यक्त गर्दै स्वर्गीय बाल चन्द्र पौडेलको आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली ब्यक्त गर्दछौं !!!

प्रतिकृया दिनुहोस्