×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल खुवाइने

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल खुवाइने

काठमाडौँ- सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ ।

भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए ।

प्रतिकृया दिनुहोस्