×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

पूर्वसभामुख महरालाई उच्च अदालतले पनि दियो सफाइ

पूर्वसभामुख महरालाई उच्च अदालतले पनि दियो सफाइ

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । जबर्जस्ती करणीको मुद्दामा उनले मंगलबार उच्च अदालतबाट सफाइ पाएका हुन् ।

न्यायाधिशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतकै फैसला सदर गर्ने निर्णय गरेको हो । पूर्वसभामुख महराले आफू सभामुख पदमा भएका बेला संसद् सचिवालयमा काम गर्ने एक कर्मचारीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो ।

२०७६ असोज १९ मा पक्राउ परेका महरालाई पुर्पक्षका लागि पाँच महिना थुनामा राखिएको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंले सफाइ दिएपछि उनी फागुन ५ गते रिहा भएका थिए ।

जिल्ला अदालतले सफाइ दिएपछि उक्त मुद्दा उच्च अदालत पाटन पुगेको थियो ।

प्रतिकृया दिनुहोस्