×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

उत्तराखण्डमा अविरल वर्षा : ३ नेपालीसहित १६ जनाको मृत्यु

उत्तराखण्डमा अविरल वर्षा : ३ नेपालीसहित १६ जनाको मृत्यु

उत्तराखण्डमा अविरल वर्षा : ३ नेपालीसहित १६ जनाको मृत्यु

काठमाडौँ - भारतको उत्तराखण्डमा वर्षाका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । विगत दुई दिनयता परिरहेको मुसलधारे वर्षाका कारण उनीहरूको मृत्यु भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै इन्डिया टूडेले समाचार लेखेको छ ।

समाचारमा जनाइएअनुसार मंगलबार मात्रै ११ जनाको मृत्यु भएको हो । उत्तराखण्डको विभिन्न भागहरूमा आएको बाढी तथा पहिरोमा केही मानिसहरू बेपत्ता भएको र मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

मृत्यु हुनेहरूमा ३ जना नेपालीसमेत छन् । यस्तै अन्य दुई जना घाइते भएका छन् । भारतका विभिन्न ठाउँमा बाढी तथा पहिरोले धेरै क्षति पुर्‍याइरहेकाे समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्