×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ८१ जनामा कोभिड संक्रमण

थप ८१ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९७ पिसिआर परीक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टिजेन परीक्षणका क्रममा ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

कोभिडका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस्