×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेलम्चीमा फेरि बाढी

मेलम्चीमा फेरि बाढी

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । गएराति आएको बाढीले केही घरमा क्षति पुर्‍याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

यसअघि असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुर्‍याएको थियो । बाढी पीडितहरू सामान्य अवस्थामा फर्किँदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरू समस्यामा परेका छन् ।

बाढीको पानी तालामाराङ चौकीमा पसेपछि नजिकैको अर्को भवनमा सारिएको डिएसपी सापकोटाले बताए ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्