×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनमा आबद्ध दलहरू बुढो भए, एस भन्ने पार्टी अर्को भदौ पुग्दैन : ओली

गठबन्धनमा आबद्ध दलहरू बुढो भए, एस भन्ने पार्टी अर्को भदौ पुग्दैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू ‘बुढो’ भएको टिप्पणी गर्नु गरेका छन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दाबी समेत गरे । 

काठमाडौँ - राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखि दिनुपर्ने भन्दै व्यङ्ग्य समेत गरे । आ–आफ्नो आयु अनुसार  सत्तारुढ दलहरू बुढो भएको र उनीहरूको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने उनको भनाई थियो । 

‘एस पार्टी भन्ने छ नि, आजकाल । पोहोर भदौमा जन्मियो । अहिले भदौमा बैँस आयो । अर्को भदौ पुग्दैन।  एस पार्टी तीतेपातीको झार जस्तै हो,’ कार्यक्रममा ओलीले भने, ‘गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भएपनि आयु अनुसारको बुढा हुन् । बुढा पार्टीहरू । हाम्रो एमाले भनेको युवा पार्टी हो । एमाले युवा पार्टी हो ।’

ओलीले एमालेलाई भ्रष्ट भन्नेहरू आफैँ भ्रष्टाचारी भएको आरोप लगाए । उनले सत्तारुढ दलहरूले एमालेमाथि झुटो लाञ्छना लगाउने काम गरेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 

प्रतिकृया दिनुहोस्