पोखरा - गण्डकी प्रदेश सरकार बिस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । उनको बिहीवारै शपथ गराइएको छ ।
नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् ।
मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रक्रियामा रहेका बेला सांसद मनाङेलाई मन्त्री बनाइएको छ ।