×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरामा विमान अवतरण अवरुद्ध

पोखरामा विमान अवतरण अवरुद्ध

पोखरा- बाक्लो हुस्सुका कारण आइतबार बिहान पोखरा विमानस्थलमा विमान अवतरण अवरुद्ध भएको छ । न्यून भिजिविलिटीका कारण यहाँ विमानको अवतरण सम्भव नभएको हो ।

यती एयरलाइन्सको बिहान ६ः५५, बुद्ध एयरको ७ः३० र सौर्य एयरलाइन्सको बिहान ९ः५ बजेको विमान ‘डिले’ भएको विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरामा न्यून भिजिविलिटीका कारण अवतरण सम्भव नहुने भएकाले काठमाडौँबाट यहाँका लागि उडान नगरिएको हो । सामान्य अवस्थामा विमान अवतरणका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, आइतबार बिहान पोखरामा २०० मिटर मात्र भिजिबिलिटी रहेको जनाइएको छ । पोखराबाट हुने विमानको उडान भने नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्