×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

७ लघुबीमाको लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन

७ लघुबीमाको लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन

 काठमाडौं - लघुबीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा कम्पनिले आवेदन दिएका छन्। बीमा समितिले १० भदौमा ७ वटा लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो ।
समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो ।

आवेदन दिने अन्तिम दिन १३ असोज अपरान्ह १२ बजेसम्म ३१ वटा कम्पनीका लागि आवेदन परेको बीमा समितिले जनाएको छ । जसमध्ये १५ वटा लघु जीवन बीमा र १६ वटा लघु निर्जीवन बीमाका लागि आवेदन परेको समितिले जनाएको छ।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको नेतृत्वमा नै लघुबीमाका लागि आवेदन परेको छ ।

प्रतिकृया दिनुहोस्