×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वर्षा सिवाकोटीको ‘ए साथी सुन’ ट्रेलर सार्वजनिक

वर्षा सिवाकोटीको ‘ए साथी सुन’ ट्रेलर सार्वजनिक

काठमाडौं- आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ । वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला गिरी र रमेश अधिकारी पनि शीर्ष भूमिकामा देखिएका छन् । लभस्टोरी, थ्रिलर र कमेडी जनरामा निर्माण भएको यो फिल्मलाई दिवंगत अभिनेता लामाको अन्तिम फिल्म बताइएको छ । बिना कार्की र सन्तोषकुमार राईले फिल्म निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्