×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गौशालाको गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

गौशालाको गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं- काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् ।

शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्