×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा बस्ने गरी बैठक बाेलाइएकाे हाे ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन् । निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ । पार्टी विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यसअघि स्थायी कमिटी बैठक गरेर १० बुँदे सहमति कार्यान्वनमा लैजाने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्