×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महतोको अभिव्यक्ति दुर्भाग्यपूर्ण : गोकर्ण विष्ट

महतोको अभिव्यक्ति दुर्भाग्यपूर्ण : गोकर्ण विष्ट

नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ बनाउने भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

उपप्रधानमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग बोल्दै महतोले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउने अभियान जारी रहेको बताएका थिए ।

विष्टले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भनाइ राख्दै लेखेका छन्, 'उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ ।'

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिलाई विष्टले दुर्भाग्यपूर्ण भनेका छन् । 'जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस प्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,' विष्टले भनेका छन् ।

 

उपप्रधानमन्त्री राजेन्द्र महतोले "बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने" भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।

— Gokarna Bista (@GokarnaRajBista) June 5, 2021

 

प्रतिकृया दिनुहोस्