×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधान न्यायाधीशलाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

प्रधान न्यायाधीशलाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन् ।

अध्यक्ष  श्रेष्ठले राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध गर्ने चेतावनी समेत दिएका छन् । न्यायालयको सुदृढीकरणका लागि प्रधान न्यायाधीशको राजीनामा अनिवार्य सर्त रहेको उनले बताए । उनले भने, ‘न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौँ । न्यायालयको शिर निहुरिइरहेको छ । वार्ताको नाममा आँखामा धुलो हाल्नका लागि विज्ञप्ति निकालेको छ ।’ प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको अध्यक्ष श्रेष्ठकाे भनाई छ ।

 

प्रतिकृया दिनुहोस्