×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्वोच्चको आदेशमा लोकसेवा आयोगको परीक्षा स्थगित

सर्वोच्चको आदेशमा लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडौं - सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तहको परीक्षा स्थगित गरेको छ । 

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारीपछि प्रदेश लोकसेवा आयोगले हाललाई उक्त परीक्षा स्थगित गरेको हो । आयोगले अप्राविधिक÷प्राविधिक पद्हरुको ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनमा हुने बढुवा र कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको पदपूर्तिका लागि अधिकृत नवौँ तहको विज्ञापन फागुन २० गते निकालेको थियो । 

आयोगले ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ ३० पद्मा ३५ जना र कार्य क्षमता मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ ४९ पद्मा ५० जना पदपूर्तिका लागि विज्ञापन खोलेको थियो । तर, समूहभित्रै आन्तरिक प्रतियोगिताको परीक्षा दिन नपाइएको भन्दै कृषि समूह र वन सेवा समूहका कर्मचारीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले वैशाख २२ गते प्रदेश लोकसेवा आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

सर्वोच्चको आदेश पत्र आयोगलाई प्राप्त भएपछि अघिल्लो सूचना बमोजिमका परीक्षा कार्यहरू अगाडि नबढाई तत्कालका लागि स्थगित गरिएको आयोगका शाखा अधिकृत मिना जोशीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म हाललाई उक्त सूचनाका परीक्षाको कार्य हाललाई स्थगित गर्न आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

प्रतिकृया दिनुहोस्