×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १६०६ जना कोरोनामुक्त‚ २९०५ मा संक्रमण‚ १८ को मृत्यु

थप १६०६ जना कोरोनामुक्त‚ २९०५ मा संक्रमण‚ १८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म कुल ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्