×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अहिल्यै माओवादी ध्रुवीकरण सम्भव देख्दिनँ : वैद्य

अहिल्यै माओवादी ध्रुवीकरण सम्भव देख्दिनँ : वैद्य

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एमसीसी अमेरिकाको सैन्य रणनीतिक योजना भएको दाबी गरेका छन् । मंगलबार (आज) संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै वैद्यले यस्तो बताएका हुन् । ‘यो अमेरिकाको सैन्य रणनीतिक योजना हो । यसलाई नेपालले स्वीकार गरिहाल्नु हुँदैन ।’

वैद्यले अहिल्यै माओवादी ध्रुवीकरण सम्भव नरहेको पनि बताएका छन् । विचारधारा, राजनीतिक सिद्धान्तलगायतका विषयहरूले एकतालाई रोकेको वैद्यले भनाइ छ । ‘त्यति मात्रै होइन हाम्रो भनाइ भनेको जनवादी क्रान्तिको तयारी गरौँ भन्ने हो । तर, ध्रुवीकरण गरौँ भन्ने दलहरू नै तयार हुनुहुन्न । उहाँहरूलाई सरकारको मोह छ । हामी जनवादी क्रान्तिको कुरा गर्छौँ, उहाँहरू सरकारमा सामेल हुने कुरा गर्नुहुन्छ,’ वैद्यले भनेका छन् ।

आफ्नो पार्टीको लाइन भनेको जनवादी क्रान्तिबाट मात्रै समाजवादी आउँछ भन्ने रहेको वैद्यले स्मरण गराएँ, भने— ‘प्रचण्डजी भन्नुहुन्छ शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ, विप्लवजीहरू भन्नुहुन्छ जनमत संग्रहबाट समाजवाद आउँछ । हामी भन्छौँ जनवादी क्रान्तिबाट मात्रै समाजवाद आउँछ, यही पनि मिलेनौँ । त्यसैले पनि अहिल्यै पार्टी ध्रुवीकरण सम्भवन नरहेकाे हाे ।’

प्रतिकृया दिनुहोस्