×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्यादी प्रहरीमा आवेदन दिनेको भिड, सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने व्यवस्था

म्यादी प्रहरीमा आवेदन दिनेको भिड, सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने व्यवस्था

काठमाडौं - आसन्न चुनाबका लागि म्यादी प्रहरीमा आवेदन दिनको भिड बढेको छ । आवेदन खुलेको पहिलो दिन हिजो सबै जिल्लामा आवेदन दिनेको घुइँचो लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आवेदन दिनेमा काखे बच्चा च्यापेका महिलासमेत छन् । स्थानीय तह चुनावका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेको हो । आउँदो ११ गतेसम्म आवेदन दिन सकिन्छ ।

म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै नेपाली नागरिक भएको हुनुपर्ने, फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त भएको, साधारण लेखपढ गर्न जान्ने मापदण्ड तोकिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ । छिमेकी देशका सुरक्षा निकायमा काम गरेका र विगतका चुनावमा म्यादी प्रहरीका रूपमा काम गरेकाले पनि प्राथमिकता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ गतेदेखि सुरु हुनेछ भने अन्तिम नतिजा २२ गते प्रकाशित हुनेछ । छनोट भएकाहरूको प्रशिक्षण चैत २८ चैतदेखि सुरु हुनेछ ।

म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आधारभूत तलब प्रहरी जवान सरह महिनाको २२ हजार ६ सय ८० रुपैयाँले ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ हुनेछ । यसैगरी खाद्यान्नबापत एकमुस्ट ७ हजार २ सय रुपैयाँ तथा पोसाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीका लागि सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइनेछ । रासस

प्रतिकृया दिनुहोस्