×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सीमा सुरक्षामा कडाइ गर्न गृहमन्त्री लेखकको निर्देशन

सीमा सुरक्षामा कडाइ गर्न गृहमन्त्री लेखकको निर्देशन

धनुषा - गृहमन्त्री रमेश लेखकले मधेश प्रदेश अन्तर्गत नेपाल-भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र चोरी तस्करीलाई कडाइका साथ नियन्त्रण गर्न स्थानीय सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको छ।


नेपाल सरकार, गृह मन्त्रालय र मधेश प्रदेशको सम्बन्धित मन्त्रालयले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले खुला सिमानाका कारण सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो।
गृहमन्त्री लेखकले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी लिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायहरूलाई देशको बदलिँदो परिवेशअनुसार इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।


उहाँले भन्नुभयो, “हाल देशमा लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध जस्ता सामाजिक विकृतिसँग सम्बन्धित गम्भीर समस्याहरू बढ्दै गएका छन्। मधेश प्रदेशका सबै जिल्लाहरू भारतीय सीमासँग जोडिएकाले यहाँ थप सतर्कता अपनाउनु आवश्यक छ। उल्लेखित समस्याहरूलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा सुरक्षा निकायहरूले गम्भीर भएर लाग्नुपर्छ।”


साथै, गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूलाई कानून विपरीत कुनै पनि आर्थिक लोभ वा प्रलोभनमा नपरी, इमान्दार र निष्पक्ष भई छिटो, सरल र सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।

प्रतिकृया दिनुहोस्