अमेरिकाको चर्चित व्यापारीक शहर मानिने लस एन्जलसको काउण्टिले नेपाली मूलका रामेश्वर भण्डारीलाई आयुक्तमा नियुक्त गरेको छ । ४ बर्षको कार्याबधि रहने उक्त ओहोदाधारिले सो शहरको पुननिर्माण र शहरको सुन्दरता बढाउने उपायहरुबारे सिटी काउन्सिललाई सिफारिस गर्ने जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ ।
अक्टोबर १३ तारिकका दिन सो पदको शपथ ग्रहण गरेका भण्डारी हाल अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलस कम्युनिटी कलेजमा अंग्रेजी विषयका एसिस्टेन्ट प्रोफेसरका रुपमा कार्यरत छन् । उनले अंग्रेजी विषयमा नेपालको त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
नेपाली तथा एसियनहरुको बाक्लो बसाई रहेको उक्त शहरका लागि नेपाल पर्यटन बोर्डले आफ्नो प्रतिनिधिको रुपमा नियुक्त गरेको थियो । हाल सो ओहोदाको कार्याबधि सिद्धीई सकेको छ ।
पद ठुलो या सानो जे भएपनि सक्षम नेपालीहरु अमेरिकी सरकारी ओहोदाहरुमा नियुक्ती हुनु समस्त नेपालीहरुको लागि गौरवको बिषय हो ।