×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो

काठमाडौँ - बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलसमा शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमलाई २–१ गोल अन्तरले हराएको हो।

स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे। खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ४१औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो।

प्रतिस्पर्धात्मक खेलको ८८औँ मिनेटमा मेरिनोले निर्णायक गोल गर्दै स्पेनको जित सुनिश्चित गरे। अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ।

प्रतिकृया दिनुहोस्