×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्याद थपका लागि सन्दीपलाई अदालतमा लगिदै

म्याद थपका लागि सन्दीपलाई अदालतमा लगिदै

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँदै छ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। जाहेरी परेसँगै नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछाने निलम्बनमा परेका थिए। असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए।

प्रतिकृया दिनुहोस्