×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे

समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे

 काठमाडौं - पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ । एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले यो समरमा क्लब छाडें भने म रियल मड्रिड मात्र जान्छु ।’ पछिल्लो ६र७ वर्ष आफूले पेरिसका लागि सबै कुरा दिएको र राम्रो प्रदर्शन गर्ने प्रयास गरेको भन्दै उनले रियलका लागि क्लब छाड्नु तर्कसंगत कदम हुने बताएका छन् ।

पीएसजीले रियल मड्रिडको प्रस्ताव रोक्दा आफूलाई शुरुमा केही दुःख लागेको एम्बाप्पेले सुनाए । छाडेर जान लागेको मान्छे पुनः त्यही क्लबमा बस्दा खुशी हुन नसक्ने उनको तर्क छ । तर अहिले त्यो अवस्थाबाट आफू बाहिर आएको भन्दै उनले भने, ‘म सधैं खेल्न चाहन्छु र आफूलाई महान् खेलाडी हुँ भनेर साबित गर्न चाहन्छु । केही कुराले पनि मलाई केही असर पार्न सक्दैन ।’

पीएसजीमा रहँदासम्म क्लबका लागि महत्वपूर्ण योगदान दिने एम्बाप्पेले बताएका छन् । पीएसजी र एम्बाप्पेको सम्झौता यो वर्ष ९२०२१० सम्म छ । यदि उनले पीएसजीसँग नयाँ सम्झौता गरेनन् भने आगामी समरमा उनी फ्री ट्रान्सफरमै रियल जान सक्छन् । तर पीएसजीले भने एम्बाप्पे फ्री ट्रान्सफरमा अन्य क्लबमा नजाने बताउँदै आएको छ । मार्काबाट

प्रतिकृया दिनुहोस्