×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आचारसंहिता विपरीत काम गर्ने सहायक निर्वाचन अधिकृत हटाइए

निर्वाचन आचारसंहिता विपरीत काम गर्ने सहायक निर्वाचन अधिकृत हटाइए

काठमाडाैँ- मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोपमा सहयक निर्वाचन पदबाट हटाएको छ ।

कार्यालयका अनुसार सहायक निर्वाचन अधिकृत पुडासैनी सामाजिक सञ्जालमा कुनै एक राजनीतिक पार्टीको प्रचारप्रसारमा प्रत्यक्ष संलग्न देखिएकाले उनलाई पदबाट हटाएको बताइएको छ ।

उक्त पदबाट हटाइएको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको समेत बताइएको छ ।

मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट हटाइएको सो पदमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत मदन शिवाकोटीलाई पठाएको जानकारी प्राप्त भएको छ ।

त्यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहको निर्वाचन सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।

कार्यालयको बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गरी निर्वाचनका क्रममा बालबालिकाको उपयोगलाई रोक्न र सो कार्य गरेको पाइएमा आवश्यक कारवाहीका लागि सूचना दिन आग्रह गरिएको सो कार्यालयका सूचना अधिकारी सागर शर्माले बताए ।

बैठकले निर्वाचन आचारसंहिता कार्यावन्नको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्ने र गराउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्