×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप १७५७ जना कोरोनामुक्त‚ २०६७ मा संक्रमण‚ ३३ को मृत्यु

थप १७५७ जना कोरोनामुक्त‚ २०६७ मा संक्रमण‚ ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ७५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ६ लाख २५ हजार ५७० जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै बिहीबार दुई हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै अहिलेसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ९ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्