×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको वाग्लेको ज्यान गयो

मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको वाग्लेको ज्यान गयो

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय इन्सपेक्टर कपिल वाग्लेको गएराति मृत्यु भएको हो ।

नवलपरासीको बर्दघाटमा बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति करिब ८ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका वाग्लेलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । तर उपचारकै क्रममा उनको राति मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार वाग्लेलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका १ का दिपेन्द्र पुन मगर गम्भीर घाईते छन् । उनको पनि युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्