×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कनका सुन्दरी गाउँपालिकाका सबै सेवा अब एकै भवनबाट

कनका सुन्दरी गाउँपालिकाका सबै सेवा अब एकै भवनबाट

कनका सुन्दरी गाउँपालिकाले एकै भवनबाट सबै सेवा दिन थालेको छ ।  भवन अभावमा यसअघि विषयगत शाखा विभिन्न ठाउँमा राखिए पनि अब एकै स्थानबाट सेवा प्रवाह हुन थालेको हो ।

विषयगत शाखा छरिदा नगरिकलाई सेवा प्रवाहमा असहज भएको कनका सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठातले बताए । उनले भने, ‘यसले गर्दा नागरिकलाई सेवा लिन झन्झट र पालिकालाई समेत मंहगो पर्दै आएको थियो ।’ उनका अनुसार यही कारण पालिकाले एउटै भवन भाडामा लियर सबै  विषयगत शाखा एकै भवन बाट सन्चालन गरेको हो ।

नागरिकलाई सन्तुष्ट गराउन एकै थलोबाट सेवा दिन थालेको गाउँपालिकाका अध्यक्ष दामादरप्रसाद आचार्यले बताए । अब पालिकाले आफ्नै भवन समेत बनाउनतर्फ लाग्ने उनले बताए ।

०७४ सालमा निर्वाचित स्थानीय सरकारहरूको पाँच वर्षे कार्यकाल सकिँदा समेत  सेवाप्रवाह एकीकृत तवरबाट भएको थिएन ।

 

प्रतिकृया दिनुहोस्