×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

‘पठान’ को छायाङ्कनमा दीपिका

‘पठान’ को छायाङ्कनमा दीपिका

एजेन्सी: शाहरुख खानका फ्यान उनको आगामी चलचित्र ‘पठन’ को प्रतीक्षामा रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उक्त चलचित्रमा दीपिकासमेत जोडिएकी छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपिका छायांकन स्थलमा रहेको तस्बिर सार्वजनिक गर्दै उक्त खबरको जानकारी गराएका हुन् । दीपिका यस चलचित्रको मुम्बईमा हुने छायाङ्कनका लागि सेटमा पुगेकी हुन् ।

शाहरुख खान र जोन अब्राहम पश्चात् दीपिका छायाङ्कनका लागि टिमसँग जोडिएकी हुन् । अब शाहरुख र दीपिकाको अन्तिमसम्म नै एक साथ छायाङ्कनका दृश्यहरू रहने छन् । पठानको छायांकन अबको १५ २० दिनमा पुरा हुने बताइएको छ ।

सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने यो चलचित्रमा केमियो भूमिकामा सलमान खानसमेत देखिने छन् ।

 
 

प्रतिकृया दिनुहोस्