नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट २५ लाख रुपैयाँको घातक रोग दावी भुक्तानी गरेको छ ।
दावी भुक्तानी मिती जेठ १३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम २५ लाख रुपैयाँ विमाङ्ग रकम वापत भुक्तानी गरीएको छ ।
शकुन्तला कुमारी पोद्दारले गत असोज २७ गते २५लाख रुपैयाँको जीवन अमृत योजना खरिद गरेकी थिईन । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो ।
बिमा दावी भुक्तानी लीदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।