काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराइका भूभागमा हुस्सु/कुहिरो लागेको छ।
यसका साथै आज देशका केही भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रदेश–१, प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।