×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

समाजसेवी ईशा गुरुङलाई जापानमा भव्य स्वागत सहित सम्मान

समाजसेवी ईशा गुरुङलाई जापानमा भव्य स्वागत सहित सम्मान

जापान । समाजसेवी ईशा गुरुङ लाई जापानमा भव्य स्वागत सहित सम्मान गरिएको छ । केहि हप्ताका लागी जापानको भ्रमणमा रहनुभएकी बेलायत निवासी मनकारी सच्चा समाजसेवि ईशा गुरुङ लाई जापानमा क्रियाशिल बिभिन्न संघ संस्थाहरुले भव्य स्वागत सहित सम्मान गरेका हुन् । नेपालीहरुको मनमनमा बस्न सफल बनेकी गुरुङ लाई तमु धि जापान र कास्की पाेखरा समाज जापानले छुट्टा छुट्टै कार्यक्रम गरी सम्मान गरेको हो ।

तमु धि जापानले टोकियोको सिनओकुवोमा रहेको रोयल गार्डेन रेष्टुरेन्ट र कास्की पाेखरा समाज जापानले ओकुवुमा रहेको नेवा डाईनिङ किचेनमा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै अतिथिहरुले  समाजसेवी गुरुङ ले नेपालका पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म निस्वार्थ भावले सामाजिक काममा सहयोग गर्नुभएको छ यस्तो कामको लागी बिषेश सम्मान गर्दे सधै यस्तै सत्कर्ममा लागिरहन प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथी समाजसेवी गुरुङले आफ्नो मन्तव्यका क्रममा निकै भावुक बन्दै सम्मान गरेकोमा निकै खुशी भएको कुरा व्यत्त गर्नुभएको थियो ।  २५ बर्षअघि कामको शिलसिलामा जापान आएर केहि बर्ष जापानमै संघर्ष गरि नेपाल फर्किएको कुरालाई स्मरण गर्दै गुरुङले भन्नुभयो - फेरि जापान आउने अवसर जुरेको छ भ्रमणको बेलामा तपाईहरुले गर्नुभएको बिषेश सम्मानका लागि धेरै धेरै धन्यवाद,यो सम्मानले मलाई अझै सामाजिक काममा लाग्न प्रेरणा मिलेको छ । आफुले मात्रै पैसा कमाएर हुदैन है. आफु मात्रै घुमेर रमाएर हुदैन है, सरकारले के गर्यो अरुले के गर्यो भनेर त्यो तिर जानुभन्दा आफुले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिदै मरेर लानु के नै छ र सकेको सहयोग गर्न सधै लागिरहने कुरा बताउनु भएको थियो । 

प्रतिकृया दिनुहोस्