×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१२ को परीक्षा आजदेखि,पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी हुदैं

१२ को परीक्षा आजदेखि,पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी हुदैं

काठमाडौं - कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । गएको वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक/कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो । आजदेखि शुरु हुन लागेको परीक्षामा पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले पाँच हजार दुई सय दुई विद्यालयका विद्यार्थीको परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ । बिहान ८ बजेदेखि शुरु हुने परीक्षामा आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर परीक्षा हलमा मोबाइललगायतका सामाग्री लैजान नपाइने जनाएको हो । परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्