काठमाडौं- राष्ट्रिय सभा सदस्यका लागि विहीबार भएको मतदान तीन जना स्वतन्त्र जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज सम्पाङ राई र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेका हुन् ।
सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएको निर्वाचन आयोगले जनाएको छ । स्रोतका अनुसार तिनैजनाको कार्य व्यस्तताका कारण निर्वाचनमा सहभागी नभएका हुन्।
राष्ट्रिय सभामा उठेका सबै उम्मेदवारहरु दलीय भएका कारण उनीहरुले मतदान गर्ने उपयुक्त पात्र फेला नपारेका हुन् ।