×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लमजुङ केन्द्र भएर ५.८ को भूकम्प : मानवीय क्षति भएन

लमजुङ केन्द्र भएर ५.८ को भूकम्प : मानवीय क्षति भएन

 काठमाडौं - लमजुङ केन्द्र भएर बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।  

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । 
भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । 

भूकम्पले क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिएका छन् ।
उनका अनुसार भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको देखिन्छन् ।
भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्