×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपा सभापति लामिछानेले भेटे प्रधानमन्त्री, गृहमन्त्री बनाउन माग

रास्वपा सभापति लामिछानेले भेटे प्रधानमन्त्री, गृहमन्त्री बनाउन माग

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्। प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए। 

प्रक्रिया पुर्‍याएर नागरिकता लिएका लामिछाने आइतबार नै पार्टीको सभापतिमा पुनर्बहाली भएपछि पार्टीको निर्णय जानकारी गराउन लामिछाने बालुवाटार गएको रास्वपाले जनाएको छ। 

त्यस अघि रास्वपाको केन्द्रीय समितिको बैठकले सत्ता साझेदार दलसँग विगतमा भएको सहमति अनुसार गृह मन्त्रालय आफ्नै दलले पाउनुपर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार रास्वपाले पार्टीको निर्णयबारे सत्ता साझेदार दलसँग छलफल गर्न सभापति लामिछानेलाई नै जिम्मेवारी दिइएको थियो। सोही अनुसार सभापतिले प्रधानमन्त्रीलाई भेटेका हुन्। 

लामिछाने बालुवाटार पुग्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। सर्वोच्चको फैसलासँगै पद गुमाएका लामिछानेले प्रक्रिया पुर्‍याएर नागरिकता लिएसँगै गृहमन्त्रीमा पुनर्बहाली गर्न सत्ता साझेदार दलसँग आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्